पोखरा टावरमा ‘मोबाइल एक्स्पो’, ५० प्रतिशतसम्म छुट

पोखरा, १५ भदौ । एउटै भवनबाट मोबाइल सम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यले स्थापना भएको पोखरा टावर प्रालि आइतबारबाट औपचारिक सञ्चालन हुने भएको छ । टावरको गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले उद्घाटन गर्ने कार्यक्रम रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखराका ८ जना युवा व्यवसायहिरुको लगानीमा टावर सञ्चालनमा आएको हो ।

प्रालिलाई गण्डकी प्रदेशकै सबैभन्दा ठूलो मोबाइल मार्केट दावी गरिएको छ । केही महिनादेखि अनौपचारिक सेवा दिइरहेको टावरलाई आइतबार औपचारिक शुभारम्भ गर्न लागिएको हो । टावरको शुभारम्भसँगै ‘मोबाइल एस्पो’को पनि उद्घाटन गरिने प्रालिका सचिव नारायण सुवेदीले जानकारी दिए । टावरको शुभारम्भको अवसरमा आयोजित एक्स्पो भदौ २७ गतेसम्म सञ्चालन हुनेछ ।

टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ । हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने उपाध्यक्ष किरण ढकालले जानकारी दिए । ‘मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा एक जनालाई बम्पर उपहारसमेत प्रदान गरिनेछ,’ उनले भने ।

एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि जानकारी दिइनेछ । मेला अवधिभर टावरमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । मेला नभएका बेल टावर बिहान ८ बजेदेखि राति ९ बजेसम्म खुला हुन्छ । ग्राहकका लागि निःशुल्क र प्रशस्त पार्किङको सुविधा रहेको टावरमा वाइफाइको निःशुल्क सेवा छ । टावरभित्रै ग्राहकको सुविधाका लागि एटिएम राखिएको छ ।

टावरमा सम्पूर्ण ब्राण्डका मोबाइलहरुको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले उपभोक्ताहरुलाई सजिलो हुने सदस्य होम विलाश सापकोटाले बताए । मोबाइलका ग्राहकलाई एउटै छानामुनी सम्पूर्ण सेवा उपलब्ध सदस्य देवनारायण श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.