पोखरा ट्रेड मलका बम्पर उपहार बिजेतालाई बाइक पुरस्कार

पोखरा ट्रेड मलद्वारा संचालित दशै तिहार उत्सव २०७६ का बम्पर उपहार बिजेतालाई यामाहा एफजेड एस एफआई १५० सिसी बाइक तथा डोको भरी उपहार मंगलबार हस्तान्तरण गरिएको छ । २०७६ असोज ५ देखि मंसिर ४ गतेसम्म सञ्चालित उपमहार योजनाको पम्बर उपहार गत मंसिर ८ गते सार्वजनिक गरिएको थियो ।

कुपन नं ३७३६० का पोखरा महानगरपालिका वडा नं २६ का विष्णु प्रसाद पहारीले बम्पर उपहार जितेका थिए । गण्डकी प्रदेश सांसद बिन्दु कुमार थापा, पोेखरा ट्रेड मलका प्रबन्ध संचालक मीनराज काफ्ले, संचालकहरु सन्तोष कुमार घिमिरे, बासुदेव पराजुली, राजु कुमार शर्मा, यामाहाका प्रतिनिधी सरोज श्रेष्ठले बिजेतालाई संयुक्त रुपमा मोटरसाइकलको चाबी हस्तान्तरण गरे ।

कार्यक्रममा मनिषा वाग्लेलाई डोको भरी उपहार हस्तान्तरण गरियो । कार्यक्रममा बोल्दै मलका प्रबन्ध संचालक मीनराज काफ्लेले बिगतका वर्षहरुमा झै यस वर्ष दशैं तिहार उत्सव २०७६ का माध्यमबाट ग्राहकलाई मलले प्रदान गर्ने सेवा बाट सन्तुष्ट गराउन सकेकोमा आफूलाई खुसी लागेको बताए ।

उत्सव व्यावस्थापन समितिका संयोजक नवराज त्रिपाठीले हरेक वर्ष आयोजना गरिने यस्ता मल प्रबद्र्धनात्मक कार्यक्रमका माध्यमबाट ग्राहकसँग जोडिन पाउने भएकाले भोलिका दिनहरुमा पनि यस्तै अन्य कार्यक्रमहरु क्रमशः आयोजना गरिने जानकारी गराए । बिजेतालाई बधाई तथा धन्यबाद दिदै सांसद बिन्दु कुमार थापाले उपहार कार्यक्रम आयोजना गर्ने तर बास्तविक बिजेता कोहो भन्ने थाहा नपाउने संस्कारका माझ पोखरा ट्रेड मलले बिजेतालाई यसरी उपहार हस्तान्तरण गर्न पाउँदा आफूलाई औधी खुसि लागेको बिचार प्रकट गरे ।

You might also like

Comments are closed.