पोखरा ट्रेड मलको बम्पर उपहार कुपन नं. ०९९९४० लाई, को होला १ लाख जित्ने भाग्यमानी

आर्थिक आवाज
पोखरा, ९ मंसिर । ‘हर्ष र उमंड्ड पोखरा ट्रेड मलसंग’ नाराका साथ पोखरा टे«ेड मलले संचालन गरेको दशै तिहार उत्सव २०७५ बम्पर उपहार सार्वजनिक भएको छ । गत असोज ५ गतेदेखि सुरु उपहार योजनालाई शुक्रबार लक्की ड्रबाट सार्वजनिक गरिएको हो ।

बम्पर उपहार लक्की ड्रमा कुपन नं. ०९९९४० ले १ लाख रुपैयाँ उपहार जितेको छ । कुपन नम्बरका ग्राहकलाई मलको कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ । कुपन नं. ०११८९५, ०२८९९६, ०८६९४६, ०८१५४६ र ०८८२९९ ले १०÷१० हजार रुपैयाँ जितेका छन् ।

प्रदेश सभासद विन्दुु कुमार थापाको प्रमुख आतित्यथामा कार्यक्रम भएको हो । कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. ४ का अध्यक्ष शंकर वास्तोलाको विशेष आतिथ्यता थियो ।

मलले सञ्चालनगर्ने यस्ता कार्यक्रमले ग्राहकको मन जित्न सफलभएकोले १ लाखबम्पर उपहार कुपनग्राहकको हातमापार्न सफलभएको कुरा मलकाप्रवन्धनिर्देशकमिन राजकाप्mलेले स्वागतमंनतवव्यको क्रममावोल्नु भएको थियो । कार्यक्रममाविशेष अतिथिशंकर बास्तोला, मलका संचालक सन्तोष कुमार घिमिरे ले शुभकामनामन्तव्य राख्नु भएको थियो ।

मलले संचालनको वर्षदेखि नै यस्ता कार्यक्रम गर्दै आएको र हरेक वर्ष नयाँनयाँ कार्यक्रम ल्याउने क्रममा यसपटक योजनामा हातखाली नजाने स्क्र्याच कुपनको पनि व्यवस्था गरी लाखौंको उपहार ग्राहकलाई हस्तान्तरण गरिसकेको कार्यक्रमको अध्यक्षता गरेका कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिए ।

कार्यक्रम योजना व्यवस्थापन समितिका सचिव माधव तिमिल्सिनाले सञ्चालन गरेका थिए । यस पटकको योजनामा मल भित्र ग्राहकले सपिङ ५ सय रुपैयाँको सामान खरिदमा वम्पर उपहार कुपनको व्यवस्था गरिएको थियो ।

You might also like

Comments are closed.