पोखरा ट्रेड मल दशैं तिहार उत्सव, उपहारमा १० लाख रुपैयाँ

आर्थिक आवाज
पोखरा, ३ असोज । पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा अवस्थित पोखरा ट्रेड मलले ‘दशैं तिहार उत्सव’ योजना सार्वजनिक गरेको छ । बम्पर उपहारको साथमा हात खाली नजाने स्त्र्mयाच कुपनको विशेष उपहार योजना मलले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकको लागि १० लाख रुपैयाँ बराबरकोे उपहारको व्यवस्था गरिएको दशैं तिहार उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिए । ‘बम्पर उपहार योजनामा सहभागी हुनको लागि मलमा आउने ग्राहकले न्युनतम ५ सय रुपैयाँको सामान खरिद गरे पुग्छ,’ उनले भने । ‘स्त्र्mयाच कुपनमा सहभागी हुनको लागि ५ हजार रुपैयाँको सपिङ गर्नुपर्छ ।’

बम्पर उपहारमा १ लाख रुपैयाँ एक जनालाई र १० हजार रुपैयाँ ५ जनालाई प्रदान गरिने दशैं तिहार उत्सव व्यवस्थापन समितिका सचिव माधव तिमिल्सिनाले जानकारी दिए । ‘स्त्र्mयाच कुपनमा ५० हजार रुपैयाँसम्मकोे नगद तथा सपिङ भौचरको उपहार ग्राहकले जित्न सक्नेछन्,’ उनले भने । सेल्फी प्रतियोगिता, खाने प्रतियोगिता र ट्रेजरहन्ट प्रतियोगिता पनि यस उत्सवमा समावेश गरिएको छ । यो योजना असोज ५ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । मंसिर ८ गते बम्पर उपहार विजेता छनौट गरिने बताइएको छ ।

२०७२ असोज २६ गते औपचारिक रुपमा सञ्चालनमा आएको मलमा नुनदेखि सुनसम्मका सामान एकै छानोमुनि पाइन्छन् । मलमा आउने ग्राहकहरुलाई मध्यनजर गरी मल व्यवस्थापन साथै ब्यवसायीहरु मिली विभिन्न अवसर पारी ग्राहकमुखि कार्यक्रमहरु सञ्चालन गरिरहेको मलका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

मलको औपचारिक शुभारम्भदेखि नै विभिन्न चाड पर्व तथा नयाँ वर्षको अवसर पारी विभिन्न ग्राहक लक्षित कार्यक्रम संचालन गर्दै आइरहेको प्रवन्ध निर्देशक मीनराज काफ्लेले जानकारी दिए । ‘मलले संचालन गर्ने यस्ता कार्यक्रमहरुमा उपहार मात्र नभै मलमा आउने ग्राहकका लागि कार्यक्रमका अवसरमा गरिने विभिन्न खाले मनोरन्जनका कार्यक्रमले पनि ग्राहकको मन जितेको महशुस गरेका छौं,’ उनले भने, ‘दशैं, तिहार र छठ लगायतका पर्वहरुको अवसरमा मलले दशैं तिहार उत्सव घोषणा गर्न पाउँदा हर्षित छौं ।’

You might also like

Comments are closed.