पोखरा डल्फिनद्वारा स्कुल सपोर्ट तथा लाइब्रेरी र इ–लाइब्रेरी स्थापना

पोखरा, २० माघ । लायन्स क्लब अफ पोखरा डल्फिनले स्कुल सपोर्ट तथा लाइब्रेरी र इ–लाइब्रेरी स्थापना कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको भिमाद ५ मिछुलुङ गाउँस्थित नर आधारभूत विद्यालयमा कार्यक्रम भएको हो । विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामान वितरण गरिएको क्लबका अध्यक्ष ऋषि गिरीले जानकारी दिए । प्रति विद्यार्थी एक÷एक दर्जन कापी, कलम, इरेजर, कटरस प्रदान गरिएको हो ।

खेलकुदका सामानहरुमा विद्यालयलाई चिप्लेटी, पिङ, क्यारमबोर्ड, स्किपिङ, ब्याटमिन्टन, भलिबल तथा इनडोर चिप्लेटी, पिङ, बास्केटबल, रिङ र ढिकिच्याउं सहयोग गरिएको छ । आर्थिक अबस्था कमजोर भएका ६ जना विद्यार्थीलाई दुई÷दुई सेट स्कुल ड्रेस, स्वेटर र झोला सहयोग गरिएको गिरीले जानकारी दिए ।

विद्यालयलाई दुई थान कम्प्युटर, लाइब्रेरीको लागि पुस्तकहरु र चार्ट पेपरहरु समेत प्रदान गरिएको छ । साथै डिष्ट्रिक्टले ल्याएको कार्यक्रम पढाऔं अभियान अन्तर्गत एक लाख रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गरी त्यसबाट प्राप्त आम्दानीबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाउनक सहयोग गरिने उनले बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का फस्ट भाइस गभर्नर अशोक श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा डिस्ट्रिक्टका सेन्टेनियल कमिटी चेयरपर्सन राजेन्द्र बाटाजू, जोन चेयरपर्सन नबिन भन्डारी लगायतले बोलेका थिए । क्लबका अध्यक्ष ऋषि गिरीको सभापतित्वमा आयोजित कार्यक्रम सञ्चालन डांसिराम सापकोटाले गरेका थिए । शंकर ओझाको संयोजकत्व कार्यक्रम भएको हो ।

You might also like
1 Comment
  1. ऋषि गिरी says

    धेरै धेरै धन्यवाद सुरेन्द्र सर यहाँले पुर्याउनु भएको साथ र सपोर्टको लागी डल्फिन परिवार हार्दिक आभार ब्यक्त गर्दछ ।

Comments are closed.