पोखरा दुर्घट्ना : २ जनाको मृत्यु

पोखरा : पोखरामा सवारी दुर्घट्नामा परी दुई जनाको मुत्यु भएको छ । पोखराको पृथ्बीचोक देखि चाउथे तर्फ जादै गरेको मोटरसाइकल र जिप एक आफसमा ठक्कर खाएसँगै विपरित दिशाबाट पोखरा तर्फ आउदै गरेको बसले  ठक्कर दिँदा मोटरसाइकल चालक र जिप चालकको मुत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग १३ प ९५३७ नम्बरको मोटरसाइकल चालक रोनस गुरुङ र ग २ च २७२६ नम्बरको जिप चालक सरोज लामाको सवारी दुर्घटनामा परी मुत्यु भएको हो । मोटरसाइकल चालक तनहुँ थप्रेकका १९ बर्षीय गुरुङ हाल पोखरा चाउथे बस्दै आएका थिए भने जिप चालक ३६ बर्षीय लामा पोखरा २९ भण्डारढिक सैनिक बस्तीमा बस्दै आएका थिए ।

You might also like

Comments are closed.