पोखरा पर्यटन बसपार्क निर्माणको टेण्डर आह्वान

आर्थिक आवाज
पोखरा, १२ पुस । पोखराको पर्यटन बसपार्क निर्माणको बोलपत्र (टेण्डर) आह्वान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पर्यटन बसपार्क निर्माणका लागि मंगलबार बोलपत्र (टेण्डर) आह्वान गरेको हो ।

बोलपत्र खरिद गर्ने अन्तिम मिति माघ ११ गतेसम्म तोकिएको छ भने माघ १३ गते मध्याह्न १२ बजेसम्ममा बुझाई सक्नुपर्ने सूचनामा उल्लेख छ । टेण्डर ई बिडिङमार्फत दाखिला गर्नुपर्ने जनाइएको छ । टेण्डर भर्दा टेण्डर शुल्क ५ हजार र धरौटी १९ लाख राख्नुपर्ने सीमा तोकिएको छ । पोखराको पर्यटन बसपार्कसँगै पर्यटन विभागले कविलवस्तुको निग्लिहवा क्षेत्रको पर्यटन पूर्वाधार र कैलालीको भडा क्षेत्रको पर्यटन पूर्वाधारकोपनि टेण्डर आह्वान गरेको छ ।

You might also like

Comments are closed.