पोखरा फाइनान्सको बैंकिड्ड साक्षरता एवं सफा नोट ¥याली

पोखरा, १ चैत
पोखरा महानगरपालिका–९, न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले बैंकिड्ड साक्षरता एवं सफा नोट अभियान ¥याली सम्पन्न गरेको छ ।  आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा बाँझापाटन स्थित शाखा कार्यालयबाट शुरु गरिएको उक्त ¥याली भद्रकालीचोक, काहुँखोला परिक्रमा गरी सोही शाखा कार्यालयमा आई समापन गरिएको थियो ।

चुक्ता पुँजी रु. ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालयहरु सञ्चालनमा आईसकेको र निकट भविष्यमा थप २ शाखाहरु काठमाण्डौंको गोंगवु र ललितपुरको मानभवन कुमारीपाटी बजार क्षेत्रमा एवं १ एक्सटेन्सन काउण्टर कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा स्थापना गरिने वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.