पोखरा फाइनान्सको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २४ मंसिर

पोखरा महानगरपालिका वडा नं. ९, न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडको आयोजनामा शनिवार निशुल्क आखाँ तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दैे शिविर गरेको हो । हिमालय आखाँ अस्पताल घारीपाटन र मेघा कार्डियो केयर स्वास्थ्य क्लिनिक, नयाँबजारको प्राविधिक सहयोग रहेको थियो ।

अन्नपृ्र्ण गाउँपालिका १०, घान्द्रुकस्थित श्री मेश्रम बराह मा.वि.को प्राङ्गणमा शिविरभएको थियो । शिविरमा सो क्षेत्रका विभिन्न उमेरका करिव २०० व्यक्तिहरुले आखाँ, रक्तचाप, मधुमेह आदिको जाँच गराएका थिए ।  विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको बैंकका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.