पोखरा फाइनान्सको खुद मुनाफा ९ करोड १३ लाख रुपैयाँ

पोखरा, २९ साउन । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७४/७५ मा ९ करोड १३ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले ८ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशत बढी हो ।

फाइनान्सको चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ छ । ४ अर्ब ३२ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल फाइनान्सले ४ अर्ब १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । ३५ करोड ७५ लाख रुपैयाँको जगेडाकोष रहेको फाइनान्सको निष्कृय कर्जा अनुपात १.१२ प्रतिशत छ ।

You might also like

Comments are closed.