पोखरा फाइनान्सको निःशुल्क आँखा शिविर

आर्थिक आवाज
पोखरा, १ पुस । पोखरा वडा नं. ९, न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार गोरखा पालुङटारस्थित भवानी मा.वि. को प्राङगणमा शिविर आयोजना गरिएको फाइनान्सले जनाएको छ ।

हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविरमा सो क्षेत्रका विभिन्न उमेरका करिव २ सय ४० जनाले जा“च गराएका छन् । विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधी समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.