पोखरा फाइनान्सको मोवाइल बैंकिङ एवं कर्मचारी तालिम

पोखरा, १३ फागुन ।
पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ सेवाको शुभारम्भ गरेको छ । फाइनान्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा एक समारोहका बीच संस्थाका अध्यक्ष भुवनसिं गुरुङबाट मोवाईल बैंकिङ सेवाको शुभारम्भ गरेको हो । यस सेवाबाट ग्राहकले आफ्नो मोवाईलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुककोे आदेश आदि सेवा सहज रुपमा प्राप्त गर्नेछन् । साथै सोही दिन संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बि.आई.एम. मार्फत् १ दिने तालिम समेत सञ्चालन गरेका फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।

चुक्ता पृ्ंजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले २०७४ पौष सम्ममा निक्षेप करिव रु. ३ अर्व ९४ करोड ७७ लाख एवं कर्जा रु.३ अर्व ७० करोड १७ लाख तथा सञ्चालन मुनाफा रु. ७.०२ करोड कायम गर्न सफल भएको छ भने चुक्ता पु“जी वृद्धिका लागि हालै १५ प्रतिशत सेयर निष्कासन गरिएको एवं निकट भविष्यमा भैरहवा, नारायणगढ तथा वेसीशहरमा गरी थप ३ शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले दिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...