पोखरा फाइनान्सको शाखा सुनवलमा

पोखरा ।
पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले नवलपरासी पश्चिम सुनवल नगरपालिका १ मा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको यो २१ औं शाखा हो । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने हेतुले क्रमशः शाखा विस्तार गदै जाने प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

चुक्ता पुंजी रु. ९१.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ७ अर्व ५८ करोड तथा कर्जा लगानी रु. ६ अर्व ३३ करोड रहेको छ । बैंकले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकि∙, सिआस्वा, आइपिएस, चेक क्लिअरिङ, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको गुरुङले बताए ।

You might also like

Comments are closed.