पोखरा फाइनान्सको १३औं शाखा नारायणगढमा

पोखरा, १० असार । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर म.न.पा. १, मिलनरोड, नारायणगढमा आफ्नो १३औं शाखा सञ्चालन गरी कारोबार सुभारम्भ गरेको छ ।

नारायणगढ शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा लगायत सि(आस्वा तथा मोबाइल बैंकिङ सेवा दिइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । वित्तीय संस्थाको हालै सम्पन्न २१औं वार्षिक साधारण सभाले ८.२६ प्रतिशत बोनस सेयर पारित गरेकाले हाल चुक्ता पुंजी रु. ८१.६४ करोड कायम भएको छ । निक्षेप रु. ४ अर्व १५ करोड तथा कर्जा लगानी रु. ३ अर्व ९५ करोड रहेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

You might also like

Comments are closed.