पोखरा फाइनान्सद्वारा एटिएम बिस्तार

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले एटिएम काउन्टर बिस्तार गरको छ । भीमकालीपाटन शाखा तथा नागढुड्डास्थित फेवा सिटी हस्पिटल प्रा.लि. को प्राड्डणमा गरी २ नया“ एटिएम एकै पटक सञ्चालनमा ल्याएका बैंकका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले जानकारी दिए । एटिएम सेवाको समुद्घाटन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले एक कार्यक्रमबीच गरेका हुन् ।

चुक्ता पुँजी ६५ करोड ५७ लाख रुपैयाँ रहेको वित्तीय संस्थाले २०७४ पुससम्ममा निक्षेप करिब ३ अर्ब ९४ करोड ७७ लाख रुपैयाँ, कर्जा ३ अर्ब ७० करोड १७ लाख रुपैयाँ तथा सञ्चालन मुनाफा ७ करोड २ लाख रुपैयाँ कायम गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । चुक्ता पु“जी बृद्धिका लागि हालै १५ प्रतिशत सेयर निष्कासन गरिएको गुरुङले जानकारी दिए । निकट भविष्यमा भैरहवा, नारायणगढ तथा बेसीशहरमा गरी थप ३ शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...