पोखरा फाइनान्सको शाखा पालुङटार गोरखामा

आर्थिक आवाज

पोखरा, २८ मंसिर । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङटार नगरपालिका ५, ठाँटीपोखरीमा नया“ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तारको उद्देश्यले खोलिएको शाखाको समुद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुङटार नगरपालिकाका नगर उप(प्रमुख पम्फा बसेलले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, पालुङटार इकाईका उपाध्यक्ष आशिष देवकोटा तथा बजार व्यवस्थापन समितिका अध्यक्ष तेजु गिरी, समाजसेवी विमल ढकालले शुभकामना मन्तव्य राखेका थिए । वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । पोखरा फाइनान्स राष्ट्रिय स्तरको वित्तीय संस्था हो । चुक्ता पु“जी ८५ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाले पालुङटार शाखामार्फत् निक्षेप एवं कर्जा, मोबाइल बैंकिङ तथा सिआस्वा लगायतका सेवा प्रदान गरिरहेको कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.