पोखरा फाइनान्स घान्द्रुकमा

पोखरा, १६ जेठ

पोखरा न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले कास्कीको घान्द्रुकमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काउन्टरकोे शुभारम्भ फाइनान्सका अध्यक्ष भुवनसिं गुरुङले गरेका हुन् ।

कार्यक्रममा समाजसेवी तथा रोदी क्लबका अध्यक्ष पूर्ण प्रसाद गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका इलाका कार्यालय प्रमुख विदुर कुमार कुइंकेल, मेश्रम बराह मा.वि.का प्रधानाध्यापक रामेश्वर सुवेदी लगायतले वोलेका थिए । फाइनान्सका कार्यकारी प्रमुख रबिचन्द्र गुरुङले स्वागत गरेका थिए ।

जारी पुंजी रु. ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्ब ९६ करोड तथा कर्जा लगानी रु. ५ अर्ब ४८ करोड एवं जगेडा कोषमा रु. ३१ करोड २० लाख रहेको छ । उक्त घान्द्रुक एक्सटेन्सन काउण्टर मार्फत संस्थाले निक्षेप संकलन, चेक भुक्तानी तथा रेमिटेन्स लगायतका सेवा दिइने कार्यकारी प्रमुख रबि चन्द्र गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.