पोखरा फाइनान्स नयाँ शाखा भैरहवा र बेसीशहरमा

पोखरा, २८ फागुन । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ११ औं शाखा भैरहवा र १२ औं शाखा बेसीशहरमा सञ्चालनमा ल्याएको हो ।

निकट भविष्यमा चितवनको नारायणघाटमा समेत नयाँ शाखा सञ्चालनमा ल्याइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले जनाए ।

चुक्ता पुँजी ६५ करोड ५७ लाख रुपैयाँ रहेको फाइनान्सले २०७४ पुस मसान्तसम्ममा निक्षेप ३ अर्ब ९४ करोड ७७ लाख रुपैयाँ तथा कर्जा लगानी ३ अर्ब ७० करोड १७ लाख रुपैयाँ पु¥याएको गुरुङले जानकारी दिए । जगेडा कोषमा ४१ करोड ७३ लाख रुपैयाँ छ । ‘भैरहवा तथा बेशीसहर शाखामार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सि­आश्वा लगायतका सम्पूर्ण आधुनिक बैकिङ सेवा उपलब्ध गराउने छन्,’ गुरुङले भने ।

footwear exchange
You might also like

Comments are closed.