पोखरा फाइनान्स बेंसीशहरमा

पोखरा, २३ चैत ।
पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले लमजुङको वेंसीशहरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार हेतु खोलिएको यस वेंसीशहर शाखाको समुद्घाटन लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा र वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका भृ्.पृ्. अध्यक्ष भेष बहादुर पौडेल, वेंसीशहर सहकारी समन्वय समितिका अध्यक्ष विमल कुमार श्रेष्ठ, वेंसीशहर वडा नं. ८ की अध्यक्ष पवित्रा थापा राना लगायतले बमेलेका थिए । वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं सञ्चालक र मे. प्रेम बहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए ।

जारी पृ्ंजी रु. ७५.४१ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड एवं जगेडा कोषमा रु. ४१ करोड ७४ लाख रहेको छ । उक्त वेंशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सि आश्वा लगायतका सेवा प्रदान गर्नुका साथै आ.व. २०७३र७४ को मुनाफा वितरणबाट ने.रा. बैंकद्वारा तोकिएको चुक्ता पृ्ंजी रु. ८० करोड पु¥याउने कार्यकारी प्रमुख राज कुमार गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.