पोखरा फाइनान्स २१ औं वर्षमा, यसरी मनाइयो वार्षिकोत्सव

पोखरा, ४ फागुन । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २१ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा २१ औं वर्ष प्रवेशको उपलक्ष्यमा संस्थाले प्रधान कार्यालयको प्राङगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४१ जनाले रक्तदान गरेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले जानकारी दिए ।

वार्षिकोत्सवकै अवसरमा संस्थाले वित्तीय साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । पोखराको बिरौटा क्षेत्र वरपर वित्तीय साक्षरता जगाउन प्रभातफेरी गरिएको हो । संस्थाले वार्षिकोत्सवकै अवसरमा उत्कृष्ट शाखा तथा दीर्घसेवा पदकबाट कर्मचारीलाई सम्मान गरेको छ भने स्मार्ट मोबाइल बैंकिङ सेवाको समेत थालनी गरेको जनाइएको छ ।

चुक्ता पुँजी ९० करोड रुपैयाँ कायमको लागि संस्थाले हालै १५ प्रतिशत हकप्रद निष्कासन गरिसकेको छ भने शाखा सञ्जाल विस्तार अन्तर्गत भैरहवा एवं वेंसीशहरमा नयाँ शाखा खोलेको छ । निकट भविष्यमा नारायणगढमा समेत शाखा बिस्तार गरिने प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.