पोखरा फाइनान्स २३औं वर्षमा प्रवेश, सफा नोट अभियानसहित विविध कार्यक्रम

आर्थिक आवाज
पोखरा, ४ चैत । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले विविध कार्यक्रम गरेको छ । वार्षिकोत्सवकै अवसरमा चैत ३ गते आइतबार शैलुङटो सुधार समिति, कुँडहर र काहुँखोला टोल विकास समितिमा डस्वित वितरण गरिएको फाइनान्सले जनाएको छ ।

साथै प्रधान कार्यालयको प्राङगण न्युरोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । यस अगाडि चैत १ गते शुक्रबार बैंकिङ साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । संस्थाको बाँझापाटन शाखा कार्यालयबाट शुरु ¥याली भद्रकालीचोक, काहुँखोला परिक्रमा गरी सोही शाखा कार्यालयमा आइ समापन गरिएको थियो ।

चुक्ता पुँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सको हालसम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालय छन् । काठमाडौंको गोंगवु र ललितपुरको मानभवन कुमारीपाटी बजार क्षेत्रमा शाखा कार्यालय र कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा एक्सटेन्सन काउन्टर स्थापना गरिने वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.