पोखरा, ११ साउन ।
पोखरा मल्टिमोडल क्याम्पसमा गुरुपुर्णीमाको अवसरमा गुरुहरुलाई सम्मान र कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा मल्टिमोडल प्रा.लि. का प्रबन्धक सञ्चालक राजकुमार गिरीको सभापतित्व भएको कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी ले विद्यार्थीहरुले एकलब्य जस्तै शिष्य बन्नु पर्ने एवंम गुरुहरु विद्यार्थीहरुको मुटु र मस्तिष्कमा छाउनु पर्ने विचार व्यक्त गरे । कार्यक्रम संयोजक बाबुराम लामिछाने उपस्थित सवैलाई स्वागत गरेका थिए । सोही अवसरमा पोखरा मल्टिमोडल प्रा.लि का उपाध्यक्ष एवंम वरिष्ठ प्राध्यापक रामनाथ अधिकारीलाई विद्यार्थीहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा त्रि.वि.प्राध्यापक संघ पोखरा मल्टिमोडल क्याम्पस एकाइका अध्यक्ष नगेन्द्र भण्डारी, प्राध्यापक डा. यदुनन्दन उपाध्याय, विद्यार्थीहरु निता प्रधान,श्रेया गिरी, देव नेपाली, कविता पौडेल, उत्पल पौडेल, सम्फना सुनुवार लगायतले बोलेका थिए । मल्टिमोडलका विद्यार्थीहरुले सम्पूर्ण गुरुवर्ग तथा कर्मचारीलाई मायाको चिनो एवंम माला लगाएर सम्मान गरेका थिए भने नवआगन्तुक विद्यार्थीहरुलाई फुलमाला र खादाले स्वागत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य एंव विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन कपिल सुवेदी, श्रेया गिरी, शुशिल दाहाल र अविना पहारीले गरेका थिए ।
Comments are closed.