पोखरा मल्टिमोडलमा स्वागत तथा मोटिभेसन कार्यक्रम

पोखरा, २१ मंसिर


पोखरा मल्टिमोडल क्याम्पसमा नयाँँ विद्यार्थीको स्वागत तथा मोटिभेसन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । पोखरा मल्टिमोडल प्रा.लि.का अध्यक्ष लिलाधर बरालको अध्यक्षतामा कार्यक्रम भएको हो । वि.वि.एस प्रथम वर्षका विद्यार्थीहरुलाई अविर, फुल र खादाले स्वागत गरिएको थियोे ।


क्याम्पसका प्राध्यापक नगेन्द्र भण्डारी र पूर्व विद्यार्थी एवम युवा वैज्ञानिक विकल्प ढुङ्गानाले मल्टिमिडिया मार्फत मोटिभेसनका लागि मन्तव्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा प्राध्यापक भण्डारीले विद्यार्थीले आफ्नो लक्ष्य तय गरेर सोही लक्ष्य अनुसार योजना कार्यन्वयन गरि आफ्नो मार्गदर्शन तयार पार्न विद्यार्थीलाई प्रोत्साहित गरे । युवा वैज्ञानिक ढुङ्गानाले जिवनको मार्गदशनमा विभिन्न अवरोधहरु खडा हुन सक्छन र प्रत्येक अवरोधको सामाना गर्न विभिन्न विकल्पको खोजि गर्नुपर्ने बताए । सो अवसरमा कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम भएको थियो ।


सोही कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर के.सीले स्वागत गर्दै विद्यार्थीहरुले आफ्नो जिवनमा बैकल्पिक लक्ष्य निर्माण गदै अगाडि बढनु पर्ने विचार व्यक्त गरे । कार्यक्रमको संञ्चालन प्राध्यापक धुर्व शर्माले गरेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...