पोखरा महानगरको न्यायिक समिति उत्कृष्ट र सिक्न लायक बन्नुपर्छ ः मेयर जिसी

पोखरा ९ फागुन ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरपालिकाको न्यायिक समिति अन्य महानगरको भन्दा उत्कृष्ट हुनुपर्ने बताएका छन । पोखरा महानगरपालिकाको न्यायिक समितिले आयोजना गरेको मेलमिलापकर्ताहरुका लागि दुई दिवसीय क्षमता अभिबृद्धि कार्यशालाको बिहीबार उद्घाटन गदै जिसीले भने,‘छ महानगरपालिका भन्दा यहाँको न्यायिक समिति उत्कृष्ट र सिक्न लायक हुनुपर्छ ।’

जनपतिनिधि र मेलमिलापकर्ता सवैका साझा भएकाले न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र रुपमा गनुपर्नेमा उनले जोड दिए । न्यायिक समिति र मेलमिलापकर्ता साच्चै न्यायमुक्ति बन्न सक्नुपर्नेमा जोड दिए । उनले नयाँ अभ्यास भएका कारण सिक्दै अगाडी बढनुपर्ने अवस्था रहेको बताउदै कानूनी सिमाभित्र रहेर न्याय निरुपण गर्नुपर्ने समेत बताए ।

पोखरा महानगरका उपपमुख एवं न्यायिक समिति संयजोक मञ्जुदेवी गुरुङले मेलमिलापकर्ताको भुमिकालाई स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको जानकारी दिइन । उनले स्थानीय तहका विवादलाई मेलमिलाप मार्फत ब्यवस्थापन गर्नसके समाजमा सदभाव कायम हुने बताइन । पोखरा महानगरका पमुख पशासकीय अधिकृत शेषनारायण पौडेलले न्यायिक समितिले सविधान र स्थानीय सरकार सञ्चालन ऐनले तोकेको अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्नेमा सुझाव दिनुभयो । अधिकार क्षेत्र भन्दा बाहिर गएर फैसला गरे कानुनले बदर गर्ने भएकाले अधिकार क्षेत्रभित्र रहेर न्यायिक समिति र मेलमिलापकर्ताले काम गर्नुपर्नेमा जोड दिए ।
न्यायिक समितिका सदस्य पार्वती कार्कीले न्यायिक समितिले समाजमा समाजिक सदभाव र शान्ति कायम गर्ने गरि मेलमिलापबाट विवाद समाधानमा पहल गर्ने बताउदै विवादका दुवै पक्षलाई जिताउने गरि मेलमिलाप गराउने बताइन ।

MANASLU

पोखरा महानगर न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अभिलेख संरक्षक राममणी अधिकारीले कार्यक्रम संचालन गरेका थिए । बिहीबार हरिपसाद पण्डित, अनिता गुरुङले सहजीकरण गरेका थिए । शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रममा यज्ञपसाद अधिकारी र हरिपसाद पण्डितले सहजीकरण गर्नेछन ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...