पोखरा महानगरको राहत कोषमा सहयोग आउने क्रम जारी

पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले ५ लाख सहयोग गरेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाख रुपैयाँको चेक आइतबार हस्तान्तरण गरे ।

बालहितकारी परियोजनाले १ लाख १ हजार सहयोग गरेको छ । परियोजनका अध्यक्ष गोविन्द पहारी र उपाध्यक्ष रामचन्द्र तिमिल्सेनाले महानगरप्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था ५१ हजार ५१, पोखराका व्यवसायी नवराज अधिकारी र शोभा बास्तोलाबाट ५० हजार, तोडा बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, जयलक्ष्मी कृषि सहकारी संस्थाले ४४ हजार ४ सय ४४, श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था २५ हजार ५, जनजागरण महिला विकास बहुउद्देश्यीय सहकारी २० हजार ५ सय ५५, मेघा बचत तथा ऋण सहकारी संस्था १७ हजार ७ सय ७७, फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी १५ हजार १ सय ५५, लेखनाथ बचत तथा ऋण सहकारी संस्था १५ हजार सहयोग गरेका छन् ।

गाउँविकास समाज बहुमुखी सहकारी संस्था, ११ हजार १ सय ११, चेतना बचत तथा ऋण सहकारी संस्था, ११ हजार, घामपानी कृषि सहकारी संस्था १० हजार, जागरण कृषि सहकारी संस्था ९ हजार ९ सय ९९ सहयोग गरेको पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए । यसैगरी डल्फिन बचत तथा ऋण सहकारी संस्था १० हजार, नमस्ते बचत तथा ऋण सहकारी संस्था ११ हजार ५ सय ५५, नागढुंगा बचत तथा ऋण सहकारी संस्था १५ हजार १ सय १५, प्रतिभा बचत तथा ऋण सहकारी संस्था

नेकपा धादिङ पोखरा जनसम्र्पक समितिले कोषमा ११ हजार १ सय ११ सहयोग गरेका छन् । समितिका अध्यक्ष वीरबहादुर थापा, सचिव कृष्ण धरेलले महानगरका प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् । अहिले सम्म पोखरा महानगरपालिकाको राहत कोषमा विभिन्न व्यक्ति र संस्थाले २५ लाख ८२ हजार ७ सय रुपैंया सहयोग गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।

You might also like

Comments are closed.