पोखरा महानगरको वडा कार्यालयमा चोरी, फर्निचरमा तोडफोड

आर्थिक आवाज
पोखरा, १ पुस । पोखरा महानगरपालिकाको वडा कार्यालयमा चोरी भएको छ । १४ नम्बर वडा कार्यालयमा शनिबार चोरी भएको हो । मझेरी पाटनमा रहेको वडा कार्यालयबाट २ थान ब्रान्डेड कम्प्युटर चोरी भएको छ । चोरी भएको सामानको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ बराबर रहेको वडा कार्यालयका सचिव अर्जुन पौडेलले जानकारी दिए ।

शनिबार कार्यालय बन्द रहेको मौका पारी चोरी भएको बताइएको छ । चोरले कार्यालयको ढोकामा लगाएको ताला फोडी उक्त सामानहरु लिएर गएको पौडेलले जानकारी दिए । बिहान कार्यालय सहयोगीले कार्यालय खोल्ने क्रममा चाबी फोडिएको देखेपछि चोरी भएको पत्ता लागेको हो । कार्यालयले आइपिटी सेवा भर्खरै मात्र सुरू गरेको र राजश्व उठाउन सुरू भएको हुँदा पैसाको लागि चोरी भएको हुन सक्ने शंका गरिएको छ ।

कार्यालयमा रहेका अन्य सामान भने सुरक्षित रहेको भए पनि दराज, टेवलको घर्राहरू सबै खानतलास गरी रकम नभेटे पछि २ थान कम्प्युटर चोरी गरेको हुन सक्ने प्रहरीको अनुामन छ । चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.