पोखरा महानगरपालिका वडा नं. ८ मा डष्टविन वितरण

पोखरा,१४ चैत्र
स्वच्छ हराभरा, पोखरा अभियानलाई सार्थक बनाउने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. ८ को सहयोगमा राम आधारभूत विद्यालय र वडा नं. ८ लाई डष्टविन वितरण गरेकोे छ ।
बिहीबार आयोजित एक कार्यक्रममा बाबा फाउण्डेसनका अध्यक्ष दिलिपराज श्रेष्ठ, सचिव टंकराज अधिकारी, कोषाध्यक्ष सरस्वती नेपाल,सदस्य प्रेमप्रसाद शर्मा लगायतले पोखरा महानगरपालिका वडा अध्यक्ष रुद्रनाथ बराल, वडा सदस्य पुष्पराज सिग्देल, लक्ष्मी कैशल र राम आधारभूत विद्यालयका सहायक प्र.अ. कल्पना पौडेल, उपस्थित विद्यार्थीहरुलाई ११थान ठुलो र ४४ थान साना डस्विन हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा अध्यक्ष रुद्रनाथ बरालले बाबा फाउण्डेसन नेपालले वि.सं. २०६५ सालदेखि निरन्तर बालबालिका र वातावरणको क्षेत्रमा गरेका कामहरुले समाजमा राम्रो प्रभाव पारेको खुसी व्यक्त गरे ।  वडा नं. ८ को जनप्रिय मा.वि. र राम आधारभूतविद्यालयमा डष्टविन वितरण गरी विद्यालयमा फोहोरमैलाको व्यवस्थापन योजनामा बाबा फाउण्डेसन नेपालसँग सहकार्य गरी कार्यक्रम गर्ने अवसर मिलेकोमा धन्यवाद ज्ञापन गरे ।

बाबा फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाबा फाउण्डेसनले १० वर्षदेखि निरन्तर रुपमा बालबालिकाहरुलाई पढाउने, शैक्षिक सामाग्री वितरण, पोखरालाई सफा र हरियाली बनाउनका लागि काम गरेर समाजलाई योगदान पु¥याएको बताए ।

संस्थाका सदस्य प्रेम प्रसाद शर्माले बालबालिका र वातावरणको क्षेत्रमाकाम गर्ने अवसर पाएको बाबा फाउण्डेसलाई धन्यवाद व्यक्त गरे ।  बालबालिका र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको फाउण्डेशनले कुनै बैदेशिक सहयोग विना स्वदेशिक श्रोत र साधनको पहिचान गरि परिचालनबाट बालबालिका र वातावरणको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको फाउण्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिए । फाउण्डेशनले विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिव र जेहेन्दार बालबालिकालाई पठनपाठनका लागि शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।

You might also like

Comments are closed.