पोखरा महोत्सवको टिकटबाट पोखरा मिट मार्टमा मासु किन्दा ३० रुपैयाँ छुट

आर्थिक आवाज
पोखरा । दशौं संस्करणको पोखरा महोत्सवको हरेक टिकटबाट पोखरा मिट मार्ट प्रालिमा कुनैपनि मासु किन्दा प्रतिकेजी ३० रुपैयाँ छुट पाइने भएको छ । यसको व्यवस्था पोखरा महोत्सव आयोजक युनाइटेड क्लबले महोत्सव प्रायोजक पोखरा मिट मार्ट प्रा. लि. संगको सहकार्यमा गर्ने भएको हो ।

पोखराको लेकसाइडमा बिगत ८ वर्षदेखि सञ्चालन भइ हाल पोखराको अमरसिंह चोकमा सञ्चालित पोखरा मिट मार्ट प्रालिको शाखाबाट महोत्सवमा आउने दर्शकले मिट मार्टमा आफूले काटेको टिकटको अर्धकट्टी लैजानुपर्ने दशौं पोखरा महोत्सव व्यानर व्यवस्थापन उपसमिति संयोजक पूर्ण श्रेष्ठले जानकारी दिए ।

युनाइटेड क्लबको आयोजनामा पुसको २९ गते मंगलबारदेखि माघ १२ गतेसम्म सञ्चालन हुने पोखरा महोत्सवको प्रत्येक टिकटको अर्धकट्टी लगेको खण्डमा पोखराको अमरसिंह चोक र लेकसाइडमा रहेको मिट मार्टमा उपलब्ध विभिन्न प्रकारको मासुको खरिदमा एउटा टिकटबाट एक केजी मासु किन्दा ३० रुपैया छुट दिने पोखरा मिट मार्टका सञ्चालक चिन बहादुर गुरुङले बताए ।

युनाइटेड क्लबले स्थापना कालदेखि नै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा चिडियाखाना निर्माणमा समेत योगदान दिएकाले आफ्नो व्यवसायबाट समेत केही सामाजिक काममा सहभागिता जनाउन आफूले महोत्सव अवधिभर छुटको योजना ल्याएको गुरुङको भनाइ थियो ।

गुरुङका अनुसार उक्त स्किम पोखरा महोत्सव अवधि पुष २९ देखि माघ १२ गतेसम्म लागु हुनेछ । पोखरा मिट मार्ट पोखराको लेकसाइडमा बिगत ८ वर्षदेखि सञ्चालनमा आएको र अमरसिंह चोकमा बिगत १ महिनादेखि सञ्चालनमा आएको हो । पोखरा मिट मार्टमा खसी, कुखुरा, बंगुर, भैसीका मासु सहित माछा र मासुजन्य वस्तुहरु उपलब्ध छ ।

You might also like

Comments are closed.