पोखरा महोत्सवको तयारी तिब्र, जगदम्बा स्टीलले दियो साथ

आर्थिक आवाज
पोखरा, ८ पुस । नवौं संस्करणको पोखरा महोत्सवलाई जगदम्बा स्टील प्रा.लि.ले साथ दिने भएको छ । पोखराको अमरसिंह चौरमा आगामी पुसको २७ देखि माघको ८ गतेसम्म सञ्चालन हुने नवौं संस्करणको पोखरा महोत्सवमा जगदम्बा स्टील प्रा.लि. मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो ।

मुख्य प्रायोजक जगदम्बा स्टीलका आधिकारिक बिक्रेता पोखराको रत्नचोकमा रहेको सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दीनेश प्रसाद चौधरी र पोखरा महोत्सवका प्रायोजक व्यवस्थापन उपसमिति संयोजक लिला बहादुर जिसीबीच महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी महोत्सवमा एक अर्काबीच सहकार्य गर्ने सहमति भएको हो ।

jutta mela

सम्झौता पत्रमामा हस्ताक्षर गर्दै जगदम्बा स्टीलका आधिकारिक बिक्रेता सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दीनेश प्रसाद चौधरीले पोखराबासीको चाहाना पोखरामा चिडियाखाना स्थापना गर्ने भएकाले जगदम्बा स्टीलले यो पटकको पोखरा महोत्सवमा सहकार्य गरेको बताए । आफूले बिगत ४ वर्षदेखि पोखरामा सिजी हार्डवेयर तथा शालिमार गु्रपसंगको सहकार्य मार्फत युनाइटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवसंग सहकार्य गरेको अनुभव रहेको बताउँदै युनाइटेड क्लबले पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण्संगै सामाजिक काममा देखाएको सक्रियतालाई सबैले साथ दिन आवश्यक रहेको समेत बताए । जगदम्बा स्टील प्रालिको आधिकारिक बिक्रेता सिजी हार्डवेयरबाट जगदम्बाका उत्पादनहरु टी एमटी छड, जी आइ वायर, काटी, एङ्गल, सिमेन्ट लगायतका सामग्रीहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

सो अवसरमा बोल्दै क्लबका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सवलाई बिगत ४ वर्षदेखि साथ दिदै आएको सिजी हार्डवेयर एण्ड सप्लायर्सले यो वर्ष पनि आफु संगै जगदम्बा स्टील प्रालिलाई समेत सहकार्य गर्ने मौका दिएकोमा धन्यवाद व्यक्त गर्दै विभिन्न विभिन्न औद्योगिक संघसंस्था लगायत सहयोगी संघ सस्थाहरुको सहयोगकै कारण पोखरा महोत्सवको नवौ संस्करणसम्म आइपुग्न सफल भएको बताए । उक्त अवसरमा क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्वितीय उपाध्यक्ष लोकबहादुर थापा लगायतको सहभागिता थियो ।

You might also like

Comments are closed.