पोखरा महोत्सवको तयारी तिब्र

आर्थिक आवाज
पोखरा । युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघको १२ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौं संस्करणको पोखरा महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । सम्पूर्ण उपसमितिहरुले आआफ्नो जिम्मेवारी अनुसार महोत्सवको तयारीलाई तिब्र बनाइरहेको प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

१३ दिनसम्म चल्ने महोत्सवमा २ सय ५० स्टल रहने बताइएको छ । ‘स्टल बुकिङ धमाधम भइरहेको छ,’ थापाले भने, ‘हालसम्म ९० प्रतिशत भन्दा बढी स्टल बुकिङ भइरहेका छन् । बाँकी स्टल पनि केही दिनमा बुकिङ हुनेछन् ।’

महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्न निःशुल्क स्टलको व्यवस्था गरिने आयोजकले जनाएको छ । महोत्सवमा १२ वटा रेष्टुरेण्टका स्टल रहनेछन् भने हस्तकला, कृषि, अटो, पुष्प, रेडिमेट, वित्तीय संस्था, पर्यटन प्रवद्र्धन, सूचना प्रविधी र उद्योगका स्टलहरु रहने उपाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लबको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको छ । महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहदै आइरहेको छ ।

You might also like

Comments are closed.