पोखरा महोत्सवको प्रचारका लागी पोखरामा कार ¥याली

पोखरा २६ पुस ।
शुक्रवार देखि पोखराको अमरसिंह चौरमा सुरु हुने नवौ संस्करणको पोखरा महोेत्सवको प्रचार गर्न आयोजक बिहीबार कार ¥याली गरेको छ ।

कार ¥यालीको उद्घाटन गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगरले महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा सामाजिक काममा अग्रणी अवस्थामा रहेको युनाइटेड क्लवको महोत्सवमा सुरक्षामा कुनै कसुर बांकी नरहने गरी प्रहरी परिचालन गर्ने वताए ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका अध्यक्ष तथा नवौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङले महोत्सवलाई सवैले मिलेर भब्य र सभ्य बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिए ।

महोत्सव स्थल अमरसिंह चौरबाट शुरु भएको ¥याली, अमरसिंहचोक, विरेन्द्रचोक, रामबजार, घलेचोक, घारीपाटन, बिरौटा, ड्यामसाइड, राष्ट्रबैङ्कचोक, सहिदचोक, बैदाम, अमबोट, गौरीघाट, बाराहीचोक, हल्लनचोक, नारेश्वर, जरेबर, जिरो किमी, सिर्जनचोक, आलुमाइलाचोक, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, फुलबारी, रानीपौवा, गुम्बाफेदी, मियापाटन हुदै महोत्सव स्थलमा आएर टुङ्गिएको कार ¥याली ब्यवस्थापन समिती संयोजक सन्तोष कार्कीले जानकारी दिए ।
महोत्सवको शुक्रबार १२ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नेछन ।

You might also like

Comments are closed.