पोखरा । युनाइटेड क्लबको आयोजनामा आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दसौं संस्करणको पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउले साथ दिने भएको छ । हिमश्री फुड्सको उत्पादन रारा तैयारी चाउचाउले महोत्सवको मुख्य प्रायोजकको भुमिकामा रही साथ दिने भएको हो ।
बिहीबार हिमश्री फुड्स प्रालिका प्रवन्धक अमित थापा र पोखरा महोत्सवका प्रायोजक व्यवस्थापन उपसमितिका संयोजक लिला बहादुर जिसीबीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सो अवसरमा वोल्दै हिमश्री फुड्स प्रालिका प्रवन्धक अमित थापाले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले आयोजना गर्दै आइरहेको पोखरा महोत्सवको सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । बिगतका दिनहरुमा पनि हिमश्री फुड्स प्रालिले विभिन्न भुमिकामा रही महोत्सवलाई सहयोग गर्दै आइरहेको र यो पटक मुख्य भुमिकामा रहन पाउदा निकै खुसी लागेको उनको भनाइ छ । आगामी दिनमा हिमश्रीले समेत युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गरेर अगाडि वढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
पोखरा महोत्सवलाई बैकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक, इन्सुरेन्समा सिद्धार्थ र बाल उद्यानमा कालिका अल नेपाल फेयर एण्ड एक्जिविशन प्रालिको साथ दिने भएको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।
महोत्सवलाई शभ्य र सभ्य रुपमा सफल पार्नका लागि बैकिङ पार्टनरका लागी ग्रीन डेभलपमेन्ट बैङक प्रालिका वरिष्ठ प्रवन्धक हरि बहादुर बुढाथोकी र महोत्सव मूल आयोजक समितिका संयोजक लालकाजी गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर गरी एकले अर्कोलाई सहयोग गर्ने गरी सम्झौता भएको हो । विमा पार्टनरमा सिद्धार्थ इन्सुरेन्स प्रालि बुद्धचोक शाखाका प्रमुख कमल बहादुर हमाल र विमा ब्यवस्थापन उपसमिति संयोजक चन्द्र कुमारी पराजुली बीच सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता भएको छ ।
महोत्सवमा वाल उद्यान सञ्चालनका लागि कालिका अल नेपाल फेयर एण्ड एक्जिविशन प्रालिले सहयोग गर्ने भएको छ । महोत्सव वाल उद्यान समिति ब्यवस्थापन उपसमिति संयोजक सन्तोष कार्की र कालिका अल नेपाल फेयर एण्ड एक्जिविशन प्रालिका प्रोप्राइटर विनोद कुमार जिसीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
पुस २९ देखी माघ १२ सम्म पोखराको अमरसिंंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९५ प्रतिशत स्टल बुकिङ सम्पन्न भइसकेको र केही दिनमा सम्पूर्ण स्टल बुकिङ हुने महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन संयोजक गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए । युनाईटेड क्लवले विगत १० वर्षदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि यो क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ ।
Comments are closed.