पोखरा महोत्सवमा सर्प ! वातावरण सन्तुलन राख्न सर्पको महत्व केछ ?

आर्थिक आवाज
पोखरा, ५ माघ । कहिले डाइनोसर, कहिले हात्ती, कहिले के, कहिले के । नवौं संस्करणको पोखरा महोत्सवसम्म आउँदा फरक फरक आकर्षण वर्षेनी देख्न पाइन्छ । युनाइटेड क्लबले पोखराको अमरसिंहचोकमा आयोजना गरेको पोखरा महोत्सवमा दर्शकलाई आकर्षण गर्न वर्षेनी फरक फरक जनावरहरु प्रदर्शनी गरिन्छ । यस पटक महोत्सव स्थलमा राखिएको सर्पले दर्शकलाई आकर्षण गरेको छ । मान्छेहरु सर्पसँग डराउँछन्, तर महोत्सव स्थलमा राखिएको सर्प हेर्न त्यहाँ पुग्ने जोकोही पनि लालायित हुन्छन् ।

पोखरा महोत्सवमा सर्प संरक्षण सम्बन्धी जानकारी लिनेहरुको भीड लागेको हो । स्नेक कन्जर्भेसन शोसाइटी नेपालले महोत्सव भित्र राखेको सर्प संरक्षण सम्बन्धी जानकारी दिने स्टलले दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको छ । हामीले सर्प देख्ने बित्तिकै मार्नुपर्छ वा उसलाई लखेट्नुपर्छ भन्ने धारणा राखिरहदा सर्पले वातावरण जोगाउन कस्तो किसिमको भुमिका खेल्छ भन्ने बारेमा जानकारी दिन र्प बचाऔं वातावरण जोगाऔं नाराका साथ सर्पलाई मार्ने नभइ बचाउन आवश्यक छ भन्ने सन्देश प्रदान गर्न सर्प संरक्षण सम्बन्धी जानकारी दिइरहेको स्नेक कन्जर्भेसन शोसाइटी नेपालका अध्यक्ष महेन्द्र कतिलाले जानकारी दिए ।

कतिलाका अनुसार हालसम्म महोत्सवमा आएका दर्शक मध्ये १० हजार वढी दर्शकले सर्प किन बचाउनुपर्छ भन्ने बारेमा जानकारी लिएर गएका छन् । सबै सर्प बिषालु नहुने र बिषालु भएपनि मानिसले नजिस्काएसम्म आक्रमण नगर्ने भएकाले घर वरपर सर्प आउदैमा आत्तिने डराउने र त्यसलाई लखेट्न नहुने बताउँदै कतिलाले सर्प सरंक्षण गर्न सकेको खण्डमा मुसा आतंकबाट बच्न सकिने र केही सर्पहरुलाई चील बाज लगायतका चराहरुको आहाराको रुपमा प्रयोग गर्ने भएकाले सर्पलाई बचाउन सकेको खण्डमा वातावरण सन्तुलनमा समेत विशेष टेवा पुग्ने बताए ।

सर्प संरक्षणसंगै महोत्सव स्थलमा राखिएको युनाइटेड क्लबको पहलमा पोखराको पचभैयामा निर्माणाधिन खुल्ला चिडियाखाना पोखरा जुलोजिकल पार्कको स्याण्ड मोडेलले दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको क्लबका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए । जुलोजिकल पार्कमा जानेलाई निःशुल्क बसको व्यवस्था गरिएको र जो पचभैया पुग्न चाहदैनन उनीहरुले जुलोजिकल पार्कको स्याण्ड मोडेल हेरेर पोखरामा पनि खुल्ला चिडियाखाना निर्माण भइरहेको रहेछ भन्ने जानकारी लिइरहेको समेत गुरुङले बताए ।

महोत्सवमा दिन प्रतिदिन दर्शकको आगमन बढ्दै गइरहेको र आर्थिक कारोबार समेत बृद्धि हँुदै गइरहेको महोत्सव अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । महोत्सव दर्शकहरुकै कारण सातौ दिनसम्म आइपुग्दा भब्य र सभ्य रुपमा अगाडि बढिरहेको महोत्सव सचिवालय संयोजक लोक बहादुर थापाले जानकारी दिए । महोत्सवमा दण्डरहित शिक्षा आजको आवश्यक्ता भन्ने मुल नाराको साथ कखरा भन्ने बृत्तचित्र समेत प्रस्तुत भइरहेको छ ।

You might also like

Comments are closed.