पोखरा महोत्सवमा सुरक्षा व्यवस्था कडा पारिने

पोखरा । दशौं संस्करणको पोखरा महोत्सवलाई सुरक्षित वातावरणमा भव्य र शभ्य तरिकाले सम्पन्न गराउन कास्कीमा रहेका सम्पूर्ण सुरक्षा निकायले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । महोत्सव आयोजक युनाइटेड क्लबका पदाधिकारीहरु संगको अन्तरक्रियामा सहभागी कास्कीका सुरक्षा निकायका प्रमुखहरुले पोखरा महोत्सवमा शान्ति सुरक्षा अमन चयन गर्न कुनै कसुर बाँकी नरहने गरीे काम गर्नेे बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पोखरा महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्न सुरक्षा निकायसंग समन्वय गरी महोत्सवलाई भव्य र शभ्य बनाउनतर्फ लाग्ने बताए । प्रमुख जिल्ला अधिकारी केसीले संघ संस्था क्लबहरुले आर्थिक उपार्जन गर्ने गरी मेला महोत्सवहरु आयोजना गरिरहेको बताउँदै सामाजिक काममा अगाडि रहेको युनाइटेड क्लबलाई अर्को महोत्सव गर्दा खेरी कम्पनी रजिष्टर्डको कार्यालयमा दर्ता गरी महोत्सव सञ्चालन गर्न समेत केसीले सुझाव दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले महोत्सवमा सुरक्षा प्रदान गर्न महोत्सव आयोजक र अन्य सुरक्षा निकायसंग समन्वय गरेर अगाडि बढ्ने बताए । महोत्सवमा विशेष गरी साँझको समयमा भीडभाड हुने भएकाले त्यसलाई मध्येनजर गरी सुरक्षा व्यवस्था मिलाउने र कोही कसैले कानुनले निषेध गर्ने कार्य र समाजमा पाच्य नहुने काम गरे कानुन अनुसार कारबाही गर्ने वताए ।

कालिका गण मालेपाटनका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम ध्वज शाहले विगतका वर्षहरुमा पनि सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायसंग सहकार्य गरी महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका प्रमुख अनुसन्धान निर्देशक भुमिराज पाठकले समेत महोत्सवको सफलताको कामना गर्दै महोत्सवलाई आफ्नो युनिटले समेत अन्य सुरक्षा निकाय संग सहकार्य गरी शान्ति सुरक्षा अमन चयनमा सहयोग पु¥याउने बताए ।

वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले पोखरा महोत्सव स्थल आफ्नो वडाको मातहतमा पर्ने भएकाले आयोजकसंग सहकार्य गरी महोत्सव स्थल र परिसरको सुरक्षामा कुनै कसुर बाँकी नरहने गरी काम गर्ने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की औद्योगिक क्षेत्र विटका प्रमुख प्रहरी नायव निरीक्षक जीतजंग कार्कीले अन्य महोत्सवहरुमा भन्दा पोखरा महोत्सवको ट्राफिक व्यवस्थापन चुस्त दुस्त हुने गरेको बताउँदै बिगतका वर्षहरुमा जसरी सहज रुपमा सवारी आवागमन हुने गरी ट्राफिक ब्यवस्थापन गरिने वताए ।

सो अवसरमा वोल्दै महोत्सव सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक तथा युनाइटेड क्लबका सचिव सूर्य बहादुर वानियाँले महोत्सव स्थलको बारेमा जानकारी दिदै महोत्सवको सुरक्षालाई मध्येनजर गरी महोत्सवका गतिविधिलाई समेट्ने गरी सिसी क्यामेरा जडान गरिने, पार्किङको पूर्ण रुपमा व्यवस्थापन गर्ने र सुरक्षा निकायसंग आयोजकले समेत सहकार्य गरी महोत्सवलाई सफल बनाउने प्रतिवद्धता जनाए ।

जेट सेक्युरिटी कम्पनी प्रालिका सञ्चालक कृष्ण सुवेदीले महोत्सव अवधिभर १५ जना निजी सेक्युरिटी गार्डहरु परिचालन गर्ने र उनीहरुले प्रवेश द्वार, बाहिरी गेट र विशेष गरी रातको समयमा स्टलको सुरक्षा प्रदान गर्ने बताए । स्वयसेवक परिचालन उपसमितिका संयोजक विष्णु कुमार गुरुङले महोत्सव अवधिभर ५० जना स्वयंसेवक परिचालन गर्ने र उनीहरुले पनि आयोजक र सुरक्षा निकायसंग समन्वय गरी काम गर्ने बताए ।

ट्राफिक व्यवस्थापन उपसमिति संयोजक राम बहादुर थापा मगरले ट्राफिकसँग सहकार्य गरी महोत्सव स्थल बाहिरको ट्राफिक व्यवस्थापन गरिने बताए । महोत्सव आयोजक मूल समारोह समितिका संयोजक तथा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक शान्त बहादुर थापाले गरेका थिए ।

You might also like

Comments are closed.