पोखरा महोत्सवलाई पोखराका संघसंस्था तथा महिला समूहको साथ

आर्थिक आवाज
पोखरा । यही पुस २९ देखि माघको १२ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने दशौं संस्करणको पोखरा महोत्सवलाई पोखराका संघसंस्था तथा महिला समूहको साथ रहने भएको छ । युनाइटेड क्लबको आयोजनामा हुने दशौं संस्करणको पोखरा महोत्सवलाई शभ्य र भव्य रुपमा सफल बनाउन पोखरामा रहेका आमा तथा महिला समूह, टोल विकास संस्था, संघसंस्था, बुद्धिजिवी, समाजसेवी, नागरिक समाजले सहयोग गर्ने भएको हो ।

हालै सम्पन्न भेलामा सहभागीहरुले सामाजिक कामबाट पोखरामा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबको पोखरा महोत्सवलाई आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । सो अवसरमा बोल्दै दशौं पोखरा महोत्सवको झांकी ¥याली व्यवस्थापन उपसमिति संयोजक पवित्रादेवी गुरुङले विगतका महोत्सवहरुमा जस्तै यो पटकको महोत्सवमा पनि पोखरामा रहेका संघसंस्था, आमा समूह, महिला समूह लगायतको झाँकी तथा ¥यालीहरुलाई सहयोग गर्नका लागि आग्रह गर्दै सम्पूर्ण संघ सस्थाहरु, महिला तथा आमा समुहहरु संग समन्वय गरिरहेको बताइन् ।

महोत्सवका संघसंस्था समन्वय उपसमिति संयोजक सीमा गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाइटेड क्लबले पोखरा र आसपासका क्षेत्रमा सामाजिक काम गर्दै आइरहेकाले पनि पोखरामा रहेका संघसंस्थाहरुलाई पोखरा महोत्सवलाई भब्य र शभ्य रुपमा सफल बनाउन सहयोग गरिदिन संघसंस्थाहरुसंग समन्वय गरिरहेको र समन्वय हुनेमा आफू ढुक्क रहेको बताइन् । महिला तथा आमा समूह परिचालन उपसमिति संयोजक शान्ति सुवेदीले पोखरा महोत्सवलाई पोखरा महानगरभित्रका महिला तथा आमा समूहहरुलाई पोखरा महोत्सवलाई सफल बनाउन सहयोग गरिदिनका लागि आफ्नो उपसमितिले सहयोगको अपेक्षा सहित समन्वय गरिरहेको बताइन् ।

अन्तरक्रिया कार्यक्रममा पोखरामा रहेका विभिन्न संघसंस्था, महिला तथा आमा समूह, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले अघिल्लो संस्करणको पोखरा महोत्सवलाई जस्तै दशौं पोखरा महोत्सवलाई समेत अघिल्लो संस्करणमा जस्तो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

युनाइटेड क्लबका अध्यक्ष तथा दशौं पोखरा महोत्सव मूल आयोजक समितिका संयोजक लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष तथा महोत्सव सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शान्त बहादुर थापाले गरेका थिए ।

You might also like

Comments are closed.