पोखरा महोत्सव जारी, दर्शकको उत्साहजनक सहभागिता, जनवादी गायक शर्मालाई सम्मान

आर्थिक आवाज
पोखरा, २ माघ । पोखराको अमरसिंहचौरमा पोखरा महोत्सवम जारी छ । पुस २७ गते सुरु महोत्सव माघ ८ गतेसम्म चल्नेछ । युनाइटेड क्लबद्वारा आयोजित महोत्सवमा बुधबार जनवादी गायक जीवन शर्मा सम्मानित भएका छन् । लोक संस्कृतिमार्फत समाजमा योगदान पु¥याएका व्यक्तिलाई क्लबले वर्षेनी सम्मान गर्दै आइरहेको छ ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, महोत्सव मूल आयोजक समिति तथा क्लबका अध्यक्ष लालकाजी गुरुङ, प्रथम उपाध्यक्ष तथा महोत्सव साँस्कृतिक व्यवस्थापन संयोजक राजु श्रेष्ठ, सचिवालय संयोजक लोक बहादुर थापा लगायतले शर्मालाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेका थिए ।

महोत्सवमा प्रत्येक दिन दर्शकको उत्साहजनक सहभागिता रहेको प्रथम उपाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा बुधबार चर्चित लोक दोहोरी गायिका राधिका हमालको दोहोरी र एकल प्रस्तुतीले महोत्सवमा थप रौनक प्रदान ग¥यो । लोहोनीसंगै बहुचर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, शिवहरि ढुंगाना, कृष्ण सुवेदी, सीता केसी, सजना बास्तोला, रनु गुरुङ, प्रेमराज अधिकारी लगायतको पस्तुति आकर्षण बन्यो । महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ ज्योती मगर, जीवन दाहाल, माधव चापागाई, आयुस परियार, कृष्णा गुरुङ, लक्ष्मी नेपाली, सीता परियार लगायतको प्रस्तुति रहनेछ । हास्य व्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुति रहने श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.