पोखरा महोत्सव स्थल अमरसिंह चौरमा सरसफाई

आर्थिक आवाज
पोखरा । दशौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव स्थल अमरसिंह चौर परिसरमा सरसफाई गरिएको छ । आगामी पुषको २९ देखि माघको १२ गतेसम्म आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सव नजिकिदै गर्दा पोखरा महोत्सव आयोजक युनाइटेड क्लबको आयोजनामा महोत्सव स्थल अमरसिंह चौर परिसर र बाहिरी कम्पाउण्डमा रहेको फोहोर मैला संकलन गरी सरसफाई गरिएको थियो ।

उक्त अवसरमा युनाइटेड क्लबका पदाधिकारीहरु तथा अमरसिंह चोक वरपर रहेका विभिन्न संघ सस्था, आमा समूह, महिला समूह तथा स्थानीयहरुले सहभागिता जनाएको दशौं पोखरा महोत्सव सरसफाइ उपसमिति संयोजक श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा विभिन्न प्रकारका फोहोरहरु प्लाष्टिकजन्य, कुहिने र नकुहिने गरी वर्गीकरण गरी छुट्टा छुट्टै बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ल्याण्डफिल्ड साइडमा पठाइएको समेत संयोजक श्रेष्ठले वताए ।

विगतका वर्षहरुमा पनि पोखरा महोत्सवमा महोत्सव स्थल परिसर र आसपासका टोलहरुमा सरसफाइ गरिदै आएको र सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने पोखरा महोत्सव मुल आयोजक समारोह समितिका संयोजक तथा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले वताए ।

You might also like

Comments are closed.