पोखरा महोत्सव स्थल सरसफाई

पोखरा, २५ पुस ।

नवौ पोखरा महोत्सव संघारमा आयोजक युनाइटेड क्लबले महोत्सव स्थल वरपर बृहत सरसफाई गरेको छ । पुस २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवको पूर्व सन्ध्यामा आयोजक युनाइटेड क्लवले हस्पिटलचोक, महोत्सव स्थल अमरसिंह चौर र आसपासका क्षेत्रमा बुधबार सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधी सम्मर बहादुर श्रेष्ठले महोत्सव स्थल वरपर सरसफाइ गर्न सबैको साझा दायित्व भएका्े बताए । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत उनले ब्यक्त गरे ।

नवौ पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लालकाजी गुरुङले पोखरा महोत्सवलाई साथ दिएर सरसफाइ कार्यक्रममा सहभागीप्रति धन्यवाद व्यक्त गरे । महोत्सव लाई सफल बनाउनका सवैले आ आफ्नो ठाउबाट सहयोग गरिदिन समेत उनले आग्रह गरे ।सरसफाइ कार्यक्रममा क्लवका प्रतिनिधी, पोखरा बृहत सरसफाइ अभियानका प्रतिनिधी, महोत्सव सफल बनाउन गठित सम्पूर्ण उपसमिती, सल्लाहकार र विभिन्न संघसस्थाहरुको सहभागीता रहेको सरसफाई उपसमिति संयोजक नवीन श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.