पोखरा माउण्टेन भ्यू सिटीको अध्यक्षमा बलराम आचार्य

पोखरा, १७ चैत । लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू सिटीको अध्यक्षमा बलराम आचार्य निर्विरोध निर्वाचित भएका छन् । क्लबको शनिबार सम्पन्न निर्वाचनबाट लायन वर्ष २०१९÷२० का लागि नयाँ नेतृत्व चयन भएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा हरिप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा दीनानाथ अधिकारी, तृतीय उपाध्यक्षमा माधव तिमिल्सिना, सचिवमा हरि भट्टराई, क्लब प्रशासकीय प्रमुखमा केशव बहादुर खत्री, कोषाध्यक्षमा राम कृष्ण पौडेल, सह सचिवमा विष्णु वास्तोला, मेम्बरसिप चियर पर्सनमा दीपक कुवँर, एलसिआइएफ कोर्डिनेटरमा रेवत बज्राचार्य, क्लब सर्भिस चियरपर्सनमा रामचन्द्र खनाल, क्लब मार्केटिङ चियरपर्सनमा राम चन्द्र शर्मा, टेमरमा छविलाल गौतम, टेइलटुइस्टरमा जीवनाथ बस्ताकोटी निर्वाचित भएको निर्वाचन संयोजक मीनराज काफ्लेले जानकारी दिए । निर्वाचन सदस्यमा भीम थापा र जगदीश गौतम थिए । कार्यक्रममा जोन चियरपर्सन दीपक राज घिमिरेको विशेष उपस्थिति थियो ।

सडक बालबालिकालाई खाना

यसैबीच, क्लबले सडक बालबालिकाहरुलाई खाना खुवाउने कार्यक्रम शनिबार बिहान सम्पन्न गरेको छ । पोखराको चिप्लेढुंगामा १५ जना सडक बालकलाई खाना खुवाएर शुरूवात भएको कार्यक्रम तत पश्चात विन्दवासिनीको नजिक रहेका सडक बालक र केही असाहयलाई खाना खुवाइएको थियो । महेन्द्रपुल, पृथ्वीचोक लेकसाइड वरपर रहने सडक बालकलाई पनि खाना खुवाइएको क्लबले जनाएको छ । करिब एक सय जनालाई खाना खुवाइएको लायन वर्ष २०१८÷१९ का क्लब सचिव माधव तिमिल्सिनाले जानकारी दिए । सडक बालक रहेकै स्थानमा गएर खाना खुवाउँदा मानवीय सेवाको वास्तविक आनन्द मिलेको क्लबका अध्यक्ष टीकाराम सुबेदीले बताए ।

You might also like

Comments are closed.