पोखरा मिट मार्टको शाखा अमरसिंहचोकमा विस्तार (भिडियोसहित)

आर्थिक आवाज
पोखरा । युवा व्यवसायी चिनबहादुर गुरुङद्वारा पोखराको लेकसाइडमा सञ्चालित पोखरा मिट मार्टले सेवा विस्तार गरेको छ । बिगत ८ वर्षदेखि लेकसाइडमा सेवा प्रदान गर्दै आइरहेको पोखरा मिट मार्टले पहिलो शाखा अमरसिंहचोकमा विस्तार गरेको हो ।

पोखराको अमरसिंहचोकस्थित उपकार मार्गमा खुलेको शाखाको आइतबार गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै थापाले उपभोक्तालाई स्वच्छ माछामासु खुवाउनुपर्ने बताए ।

शाखाबाट मासुजन्य पदार्थ सम्बन्धी सम्पूर्ण सेवा प्र्रदान हुने सञ्चालक गुरुङले बताए । करिब ३० लाख रुपैयाँ लगानीमा शाखा विस्तार गरिएको उनले बताए । मिट मार्टबाट कुखुरा, खसी, बंगुर, राँगा, माछा लगायतका ताजा मासु उपलब्ध गराइन्छ । फोजन आइटममा ससेस, ह्याम बेकन, सलामी, फ्रेन्च प्र्रmाई, बासा फिस, स्टेक लगायत उपलब्ध गराइने उनले बताए । ‘नेपाल सरकारको मापदण्ड अनुसार अत्याधुनिक प्रविधि प्रयोग गरी मासु प्रसोधन गरिन्छ,’ उनले भने, ‘उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउनु नै हाम्रो प्रमुख प्राथमिकता हो ।’

लेकसाइडमा सञ्चालित मिट मार्ट यस अगाडि नेपाल सरकारबाट पुरस्कृत समेत भएको छ । व्यवस्थित मिट मार्ट अवार्ड अन्तर्गत नगद ३० लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । लेकसाइडमा प्रदान गरिने सम्पूर्ण सेवा अब अमरसिंहचोकबाट पनि उपलब्ध हुने गुरुङले जानकारी दिए । अमरसिंहचोक र लेकसाइडमा गरी २२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Citizen Trade Link
Nova computer
टिप्पणिहरु
Loading...