पोखरा म्याराथनको पुरुस्कार राशी १० हजार डलर पु¥याउनुपर्छः मुख्यमन्त्री गुरुङ

पोखरा, ३ फागुन । १३औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको पूर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले आगामी वर्षबाट पोखरा म्याराथनको पुरुस्कार राशीलाई १० हजार डलरसम्म वृद्धी गर्नुपर्ने कुरालाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङले मुख्यताका साथ उठाएका छन् ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं पोखरा म्याराथनका मुख्य संरक्षक पृथ्वी शुव्वा गुरुङले पोखरा म्याराथन सफल बनाउन मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित उच्च स्तरीय बैठकलाई सम्वोधन गर्दै आगामी वर्षबाट पोखरा म्याराथनको राशीमा वृद्धि गरी अन्तर्राष्ट्रिय धावकहरु पोखरासम्म ल्याउने बातावरण बनाउन बनाउने तर्फ सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

सरकारका मन्त्रीहरु, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, सचिवहरु, प्रमुख जिल्ला अधिकारी, शुरक्षा निकायका प्रमुखहरु र भूतपूर्व खेलाडी मंचका पदाधिकारीहरुलाई निर्देशन दिंदै यहि फागुन ७ गते पोखरामा आयोजनाहुने पोखरा म्याराथन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट जुट्न र सहयोग गर्न आग्रह गर्दै मुख्य मन्त्री गुरुङले भने, ‘पोखरा महानगरपालिकाले पोखरा म्याराथनलाई ग्रहण गर्ने र प्रदेश सरकारले सहयोग गर्ने तर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।’

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी दिनमा पोखरा म्याराथन मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय बजारमा म्याराथनको ‘व्रान्डिङ’ गर्नुपर्ने कुरा औल्याउँदै भने, ‘पोखरा म्याराथनलाई व्यवस्थित बनाउँदै लैजानु पर्छ पुरुस्कार राशीमा समेत वृद्धी गर्नुपर्छ ।’

मन्त्री गुरुङले पुरुस्कार राशीमा वृद्धी गरि पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय ‘प्रोफेशनल’ खेलाडी आउन सक्ने बातावरण बनाउन पर्ने कुरामा जोड दिंदै उनले भने–“म्याराथनको मुख्य स्पर्धाको पुरुस्कार राशी कम्तीमा पनि १० हजार डलर पु¥याउन आवश्यक छ ।”

सो बैठकमा बोल्दै भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनको १३ औं संस्करणमा आइपुग्दा आफूहरु निकै उत्साहित भएको बताए । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्र बाट नेपालीहरुले देखाएको सदभाव संगै प्रदेश सरकार र पोखरा महानगरपालिका बाट प्राप्त सहयोगले आगामी दिनमा पोखरा म्याराथन नयाँ जग बाट उभ्याउन सहयोग मिल्ने बताए । प्रदेश सरकार बाट मुख्य संरक्षकत्व र पोखरा महानगरको संरक्षकत्व प्राप्त गरको पोखरा म्याराथन सफल बनाउन मंच विशेष तयारीका साथ जुटेको अध्यक्ष गुरुङले बताएका थिए । बैठकमा सरकारका मन्त्रि तथा अन्य निकायका प्रमुखहरुले पोखरा म्याराथनलाई सफल बनाउन आ–आफ्नो तर्फ बाट सुझाबहरु प्रस्तुत गरेका थिए ।

You might also like

Comments are closed.