पोखरा म्याराथनलाई प्रदेश मुख्यमन्त्रीबाट प्रमुख संरक्षकत्व प्रदान

पोखरा, २९ पुस ।

भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा आगामी फागुन ७ गते पोखरामा हुने “१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५” लाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रमुख संरक्षकत्व प्रदान गरेका छन् ।

प्रमुख संरक्षकत्व प्रदान गरेको पत्रमा गण्डकी प्रदेशको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्यताका साथ सफल बनाउन पनि मुख्यमन्त्री गुरुङले आह्वान गरेका छन् । गण्डकी प्रदेशकको राजधानी पोखरामा फागुन ७ गते आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गण्डकी प्रदेशका सबै खेलप्रेमीहरुलाई सहभागी हुन र सफलतापूर्वक सम्पन्न गर्न उनले आह्वान गरेका छन् ।

MANASLU

स्मरिणय के छ भने गत वर्ष आयोजना भएको १२ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समेत मुख्यमन्त्री गुरुङ ‘रन फर फन’ मा सहभागी भएर पोखरा म्याराथन प्रती ऐकवद्धता जनाएका थिए । खेलकुदमा रुची राख्ने मुख्यमन्त्री गुरुङ पोखरा लगायत प्रदेशका कुनै पनि जिल्लामा आयोजना हुने खेलकुद कार्यक्रमहरुमा सहभागिता जनाएर ऐकवद्धता प्रकट गर्छन ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...