पोखरा म्याराथनलाई हिमालय टिभीको साथ

पोखरा, १७ माघ ।
भूतपूर्व खेलाडी मंच नेपालले यहि फागुन ७ गते आयोजना गर्ने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” लाई हिमालय टिभी एचडीले साथ दिने भएको छ ।
हिमालय टिभी एचडीले उक्त म्याराथनलाई प्रत्यक्ष प्रशारण गर्ने भएको हो । सो प्रत्यक्ष प्रशारण सम्वन्धी सम्झौतापत्र मंचका अध्यक्ष तेज गुरुङ र हिमालय टिभीका तर्फ बाट गण्डकी प्रदेश व्यूरो प्रमुख अमृत सुबेदीले आदान प्रदान गरेका छन ।

सो अबसरमा बोल्दै मंचका अध्यक्ष गुरुङले पोखरा म्याराथनलाई हिमालय टिभीको साथ पाउँदा निकै खुसी लागेको बताउँदै संसारभर छरिएर रहेका नेपाली तथा अन्य खेलप्रेमीहरुले पोखराको वृहद प्रतियोगितालाई प्रत्यक्ष प्रशारणको माध्यम बाट हेर्न पाउने बताए । अध्यक्ष गुरुङले भने–“प्रत्यक्ष प्रशारणले विश्वमा पोखरालाई खेल पर्यटनको शहरमा चिनाउन पनि महत्वपूर्ण योगदान प्राप्त हुनेछ ।”

हिमालय टिभीका ब्यूरो प्रमुख सुबेदीले मंचले आयोजनागर्ने पोखरा म्याराथनको १३ औं संस्करण हिमालय टिभीले प्रत्यक्ष प्रशारण गर्न पाउनु सुखद रहेको बताउँदै अब हिमालय टिभीलाई केन्द्रमा मात्रै सिमित नराखी मोफसलमा सबैजनको प्रिय टिभीको रुपमा स्थापित गर्ने प्रयास गरिएको बताए ।
कार्यक्रममा १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनका मिडिया संयोजक केशब पाठकले समेत आफ्ना भनाई राखेका थिए ।

You might also like

Comments are closed.