पोखरा युनिटी चौतारीको अध्यक्षमा सोमनाथ सुवेदी

पोखरा, ८ वैशाख । लायन्स क्लब अफ पोखरा युनिटी चौतारीको अध्यक्षमा सोमनाथ सुवेदी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचन कार्यक्रमबाट उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको क्लबका संस्थापक अध्यक्ष सरस्वती गिरीले जानकारी दिइन् ।

क्लबको निवर्तमान अध्यक्षमा राजकुमारी थापा, प्रथम उपाध्यक्षमा किशोर सुवेदी, द्वितीय उपाध्यक्षमा दीपक बराल, तृतीय उपाध्यक्षमा गणेश अधिकारी, सचिवमा रामेश्वर सुवेदी, कोषाध्यक्षमा कृष्ण गिरी, सहसचिवमा रविराज घिमिरे, सहकोषाध्यक्षमा राजन आचार्य चयन भएका छन् ।

एलसिआइएफ कोर्डिनेटरमा राजकुमारी थापा, कम्युनिकेशन चियरपर्सनमा सुन्ती पूर्जा, मेम्बरसिप चियरपर्सनमा पृथ्वीनारायण खनाल, टेलटुइस्टरमा विमल भण्डारी, क्लब व्यवस्थापनमा किशोर सुवेदी, टेमरमा सन्ध्या गिरी चयन भएका छन् । डाइरेक्टरमा अमृता कार्की लामिछाने, कोषीराम लामिछाने, रेवती रमण बराल, लिलामणि कुइँकेल, विमल बस्नेत चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ, डिष्ट्रिक्टका कमिटि चियरपर्सन बालकृष्ण बराल, क्लबका अर्गनाइजर वसन्त गिरी, सिर्जना चौतारीका गोपाल थापा, क्लबका संस्थापक अध्यक्ष सरस्वती गिरी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.