पोखरा रंगशालामा लेकसिटीद्वारा वृक्षरोपण

पोखरा । लायन्स क्लब अफ पोखरा लेक सिटीले पोखरा रंगशाला परिषरमा वृक्षरोपण गरेको छ । क्लबका अध्यक्ष विश्वमोहन अधिकारीको अध्यक्षतामा तथा लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाको प्रमुख आतिथ्यतामा आइतबार वृक्षरोपण गरिएको क्लबका सचिव सुदिप ढकालले जानकारी दिए ।

वातावरण संरक्षणमा योगदान पुर्याउने लक्ष्यसहित रंगशालामा वृक्षरोपण गरिएको क्लबले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोकाले सामाजिक क्षेत्रमा क्लबको सक्रियता उत्साहजनक रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य निबर्तमान अध्यक्ष नारायण कोइरालाले राखेका थिए भने कार्यक्रमको संयोजन द्वितीय उपाध्यक्ष शोभियतमान बुद्धाचार्यले गरेका थिए । कार्यक्रम सञ्चालन सचिव सुदिप ढकालले गरेका थिए । उक्त अवसरमा विभिन्न प्रजातिका ३५ वटा विरुवा रोपिएको छ ।

You might also like

Comments are closed.