पोखरा रोयलको आधुनिक बैंकिङ सेवा, सुरु भयो एटिएम

आर्थिक आवाज
पोखरा, २० पुस । बैंकहरुबीच आधुनिक बैंकिङ सुविधा प्रदान गर्न प्रतिस्पर्धा हुँदै आएको छ । बढ्दो तिब्र व्यावसायिक प्रतिपर्धाका कारण पनि ग्राहकलाई आफ्नो बैंकतर्फ आकर्षित गर्न अत्याधुनिक बैंकिङ प्रणाली तथा नयाँ नयाँ सेवासुविधा प्रदान गर्नु स्वभाविकै हो । सहकारीहरु पनि बैंक भन्दा कम छैनन् भन्ने पोखराको रोयल सहकारी संस्थाले प्रमाणित गरेको छ ।

सहकारीले आधुनिक बैंकिङ प्रणाली अनुसार नै आफ्ना सेवाग्राहीलाई सेवा सुविधा प्रदान गरिरहेको छ । यसैक्रममा सहकारीले एटिएम सेवासमेत सञ्चालनमा ल्याएको छ । सञ्चालित एटिएम सेवाको छिट्टै औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । एटिएमको परीक्षण भइसकेको छ । सहकारीले यस अगाडि २४सैं घन्टा मोबाइल बैंकिङ लगायतका सेवा सञ्चालन गरिसकेको छ । अस्ट्रेलियाको बचत तथा ऋण सहकारीले सन् १९७७ मा विश्वमा नै पहिलोपटक २४ सै घन्टा एटिएम सेवा सञ्चालनमा ल्याएको इतिहास छ ।

You might also like

Comments are closed.