पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई सहुलियत प्रदान गर्ने भएको छ । असार १५ गतेसम्म ब्याज भुक्तानी गर्नेलाई १० प्रतिशत ब्याज छुट दिने निर्णय सहकारीले गरेको हो ।
देशमा लकडाउन शुरु भएको दिनदेखि असार मसान्तसम्म हर्जना नलाग्ने र लक डाउन अवधिभर तिर्नुपर्ने किस्ताको समय पनि थप गर्ने सहकारीका वरिष्ठ प्रवन्धक मीलन ढकालले जानकारी दिए ।
पोखराको बुद्धचोक र तनहुँको दुलेगौंडामा रहेको एटिएम मेसिन तथा अन्य बैंक तथा वित्तीय संस्थाको एटिएमबाट पैसा निकाल्दा कुनैपनि शुल्क नलाग्ने सहकारीले जनाएको छ ।
लक डाउनका कारण मन्दी छाईरहेको अवस्थामा छुटले सदस्यहरुलाई थोरै भएपनि राहत हुने प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए ।




Comments are closed.