पोखरा रोयलले ‘मुक्तिनाथ रेमिट’ सञ्चालन गर्ने

आर्थिक आवाज
पोखरा, १० भदौ । पोखरा रोयल सहकारी संस्थाले ‘मुक्तिनाथ रेमिट’ सेवा सञ्चालन गर्ने भएको छ । रेमिट सेवा सञ्चालनका लागि सहकारी र मुक्तिनाथ विकास बैंकबीच आइतबार सम्झौता भएको छ ।

बैंकका क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र सहकारीका प्रमुख व्यवस्थापक मीलन ढकालबीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको हो । सेयर सदस्य तथा सेवाग्राहीको लागि रेमिट्यान्स सेवा बिस्तार गर्ने यस वर्षको योजना अनुसार उक्त सम्झौता गरिएको ढकालले जानकारी दिए ।

सम्झौता पछि मुक्तिनाथ विकास बैंकका देशभर रहेका शाखाबाट रोयल सहकारीका सदस्यले रकम मुक्तानी तथा बचत गर्न सक्नेछन् ।

You might also like

Comments are closed.