पोखरा र झापाका सहकारीकर्मीबीच अन्तरक्रिया

पोखरा, २७ फागुन ।

पोखराको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरुको टोलीले अध्ययन अवलोकन भ्रमणका क्रममा झपामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको भ्रमण गरेको छ । उक्त अवसरमा सहकारीका प्रतिनिधीबीच अन्तरक्र्रिया तथा अनुभव आदान प्रदान भयो ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समितिका संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.का उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सहकारीका समसामयिक विषयमा धारण राखेका थिए । सहकारीले गरेका विभिन्न गतिविधी तथा सहकारीको समग्र अवस्था तथा आगामी लक्ष्य तथा उद्देश्यबारे उप्रेतीले जानकारी दिए ।

हाम्रो सहयोगी बचत तथा ऋण सहकारीका अध्यक्ष शिव प्रसाद सापकोटाले सहकारीका वारेमा धेरै कुरा जानकारी लिन सकिने र उत्कृष्ट सहकारी भएका कारण उक्त सहकारी रोजिएको बताए । भ्रमण तथा अन्तरक्रियाका क्रममा सिकेका ज्ञानलाई व्यवहारमा प्रयोग गरिने सहकारीका उपाध्यक्ष राधिका साई योगीले बताइन् ।

सेयर सदस्यहरुको क्षमता अभिबृद्धि सहित अध्ययन अवलोकनमा चासो बढाउन भ्रमण आयोजना गरिएको सहकारीका सचिव नविन किरण भुषालले जानकारी दिए । सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न स्थानको भ्रमण गरिएको कार्यक्रम संयोजक तथा कोषाध्यक्ष दीपेन्द्र आचार्यले जानकारी दिए ।

You might also like

Comments are closed.