पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की र रुपन्देही चेम्बर अफ कमर्सको व्यावसायिक प्रतिनिधि मण्डल बीच शनिबार भेटवार्ता भएको छ ।
दुवै चेम्बरका प्रतिनिधि मण्डलबीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायिक सहयोग आदान सहमति भएको छ । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व अध्यक्ष टंक पोखरेलले औद्योगिक क्षेत्रका उत्पादन तथा भारतसंग नजिक रहेको रुपन्देही र पोखराका उद्योगी व्यवसायीले कच्चा पदार्थको आदान प्रदान गर्ने बताए ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले भ्रमण वर्ष २०२० को सन्दर्भमा दुवै चेम्बरका प्रतिनिधि मण्डलबीच पर्यटन प्रवद्र्धनको लागि सहकार्य भएको जनाए । उनले पोखरा काठमाडौं र लुम्बिनी बीच त्रिकोणात्मक सम्बन्धका आधारमा व्यावसायिक सहयोग आदान प्रदान प्रदान गर्नु पर्ने बताए ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको सन्दर्भमा भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन र पोखरा आउने चिनिया पर्यटकलाई रुपन्देहीसम्म पु¥याउन प्रयास गर्ने सहमति भएको छ । अध्यक्ष सुनारले पर्यटन प्रवद्र्धनको लागि दुवै चेम्बरले आन्तरिक उडानलाई बढाउन पहल गर्ने बताए ।
कार्यक्रममा रुपन्देही चेम्बर अफ कमर्सका अध्यक्ष यमलाल लोहनी, पोखरा चेम्बर अफ कमर्स कास्कीका वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला लगायतले मन्तव्य राखेका थिए ।
Comments are closed.